Logo

अर्थ

एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ‘स्क्यानमा सुन’ अभियान सार्वजनिक



काठमाडाैं । एक्स्ट्रिम इनर्जी ड्रिंक्सले आगामी विश्वकप फुटबल प्रतियोगिता २०२६ को माहोललाई थप रोमाञ्चक बनाउन ‘स्क्यानमा सुन’ उपहार योजना सार्वजनिक गरेको छ । यस अभियानमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको क्यानमा रहेको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरेपछि ग्राहक गोलाप्रथामा सहभागी हुन सक्नेछन्  ।

सहभागीमध्ये तीनजना भाग्यशाली विजेतालाई सुनको बल पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । योजना १ जेठदेखि विश्वकप फुटबल प्रतियोगिता २०२६ को खेल अवधिभर सञ्चालन गरिने कम्पनीले जनाएको छ । विश्वकप फुटबलको विश्वव्यापी उत्साहलाई नेपाली बजारसँग जोड्दै ग्राहकलाई थप उत्साहित र सहभागी बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

‘स्क्यानमा सुन’ अभियानले फुटबलप्रेमीमा मनोरञ्जन, सहभागिता र पुरस्कारको उत्साह एकैसाथ प्रदान गर्ने विश्वास लिइएको छ । विगतदेखि युवालक्षित विभिन्न अभियान सञ्चालन गर्दै आएको एक्स्ट्रिम इनर्जीको अभियानले पनि बजारमा थप उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ  ।

अभियान सम्बन्धी थप जानकारी एक्स्ट्रिम इनर्जी ड्रिंक्सको आधिकारिक सामाजिक सञ्जाल प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार १३:३६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।