काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा खरिद कारोबार गर्न इजाजतपत्र प्राप्त सेन्ट्रल एक्स्चेन्ज काउन्टर प्रालिको अनुमति खारेज गरेको छ । संस्थाले स्वेच्छिक खारेजीको माग गरेपछि केन्द्रीय बैंकले उसको लाइसेन्स खारेज गरेको हो ।
कास्की पोखरा महानगरपालिका-६ मा कार्यालय रहेको संस्थाले कारोबार बन्द गरी इजाजतपत्र खारेज गरिदिन निवेदन दिएको थियो ।
सोही निवेदनका आधारमा ‘नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)’ को विनियम २२ मा भएको व्यवस्था बमोजिम बैंकले इजाजतपत्र खारेज गर्ने निर्णय गरेको हो ।




















प्रतिक्रिया