Logo

समाचार

एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल ‘लिस्ट डभेलप कन्ट्री’बाट तत्काल ग्राजुएट नहुने बताएका छन् ।

सरकारले लिस्ट डेभलप कन्ट्रीबाट तत्काल नहट्नेगरी राष्ट्रसंघलाई लेखेको पत्रका विषयमा नेकपाका सांसदले प्रश्न उठाएका थिए । त्यसको जवाफमा प्रधानमन्त्री शाहले तत्काल अल्पविकसित राष्ट्रको सूचीबाट नहट्ने भन्दै चीनको उदाहरण दिएका छन् ।

उनले भने, ‘हामी तत्काल लिस्ट डेभलप कन्ट्रीबाट हटिहाल्ने पक्षमा छैनौँ, किनभने यो सूचीबाट हटेपछि हामीले पाउने आर्थिकसहितका सुविधा हट्नेछन्, प्रधानमन्त्री यसमा म चीनको उदाहरण दिन्छु । केही समय अघिसम्म चीन अल्प विकसित देशको सूचीमा थियो । जबकी त्यहाँ विकास धेरै नै भइसकेको अवस्था थियो । त्यसकारण हामी पनि सूचीबाट हट्नका लागि हतार गर्दैनौँ । हामी निर्यातमूखी हुनुपर्छ । देशमा उत्पादन भएको चिजहरुलाई विभिन्न राष्ट्रहरुमा पुर्याउन सकौं भन्ने हिसावले दुई वर्षको लागि टारेका हौं ।’

यसैगरी प्रधानमन्त्री शाहले सुकुम्बासी किन हटाएको भन्ने प्रश्नमा पनि सुकुम्वासी बस्तिमा रहेका नागरिकहरुको ज्यान जोखिममा रहेकाले सरकारले उनीहरुको व्यवस्थापन गरिरहेको बताए । उनले ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमा नखोज्न आग्रह गरे ।

उनले भने, ‘गरिब विपन्नको कुरामा साम्यवाद, समाजवाद भनेको भाषणमा दिन सहज हो । र मज्जा पनि आउँछ । उहाँहरुको एकदमै संवेदनशील अवस्थामा हुनुहुन्थ्यो । म स्थानीय सरकारमा हुँदा नै संघ सरकारलाई उनीहरुलाई स्थान्तरण गरेर होल्डिङ सेन्टरमा राख्नुपर्ने र वास्तविक सुकुम्वासीको पहिचान गर्नुपर्ने सुझाव दिएको थिएँ । अहिले त्यही अनुरुप काम भइरहेको छ । ३५ वर्षमा समाधान नभएको कुरा ३५ मिनेटमा नखोज्नुस्‘ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आईतवार १४:२६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।