Logo

अर्थ

सुनको मूल्य प्रतितोला ३ लाखमुनि झर्‍यो



काठमाडौं । सोमबार पनि सुनको मूल्य घटेको छ । सुन आज ९ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यो गिरावटसँगै सुनको मूल्य ३ लाखमुनि झरेको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ छ । अघिल्लो दिन ३ लाख ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९०५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार ११:३८   :  बजे

255
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।