Logo

उद्योग

१८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु



म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ।

कालीगण्डकी गर्ज हाइड्रोपावर प्रवर्द्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका–४ भालेबास क्षेत्रमा सुरुङ निर्माण थालेको हो।

आयोजना निर्देशक रमण सिंहका अनुसार चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित पाँच किलोमिटर ६ सय मिटर लामो सुरुङ निर्माण गरिनेछ।

मुस्ताङको घाँसामा बाँध र म्याग्दीको घरापमा विद्युत्गृह निर्माण हुने जनाइएको छ।

करिब ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकको लगानी रहनेछ। प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत सेयर छुट्याइएको छ।

आयोजनाबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलवार ०८:२९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।