Logo

प्रमुख समाचार

रास्वपा सांसद सृष्टी भट्टराईको कारको झ्यालबाट जीउ निकालेकाे भिडिओ भाइरल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टी भट्टराईको एउटा भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । भिडिओमा उनी गुडिरहेको कारको झ्यालबाट आधाभन्दा बढी जीउ बाहिर निकालेर यात्रा गरिरहेको देखिएकाे छ ।

सांसदजस्तो जिम्मेवार व्यक्तिले यसरी गैरजिम्मेवार र उत्ताउलोपन देखाएको भन्दै धेरैले सामाजिक सञ्जालमा आपत्ति जनाइरहेका छन् । सृष्टीले ड्राइभर छेउको सिटमा बसेर आधाभन्दा बढी जिउ बाहिर निकालेर बच्चाले झैं बबल फुलाएर थप मजा लिइरहेकी छन् ।

गत फागुन २१ गते (प्रतिनिधिसभा निर्वाचनको दिन) उनले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेको भिडिओ अहिले भर्खर चर्चामा आएको हो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले अझ बढी सचेत र जिम्मेवार व्यवहार देखाउनुपर्ने टिप्पणी गरेका छन् । विशेषगरी युवापुस्तामा उनीहरूको प्रत्यक्ष प्रभाव पर्ने भएकाले यस्ता गैरजिम्मेवार गतिविधिले समाजमा गलत सन्देश जान सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलवार १४:२०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।