Logo

अर्थ

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयलाई स्कुल ब्याग वितरण



काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय बुटवलमार्फत बुटवल माध्यमिक विद्यालयलाई स्कुल ब्याग वितरण गरेको छ ।

बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले बुटवल माध्यमिक विद्यालयमा अध्ययनरत ७० जना गरिब तथा विपन्न समुदायका बालबालिकालाई स्कुल ब्याग वितरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै क्षेत्र प्रमुख आचार्यले प्रारम्भिक तहमा अध्ययनरत बालबालिकाको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै स्कुल ब्याग सहयोग गरिएको बताए । उनले विद्यालय जाने उमेरका बालबालिकाका लागि स्कुल ब्याग केवल सामग्री बोक्ने साधन मात्र नभई उनीहरूमा विद्यालयप्रतिको आकर्षण, आत्मविश्वास र जिम्मेवारीबोध अभिवृद्धि गर्ने माध्यम समेत भएको उल्लेख गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होम बहादुर रायमाझीले बैंकले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले विद्यार्थीहरूमा विद्यालयप्रतिको उत्साह बढाउनुका साथै अभिभावकलाई समेत राहत पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

साथै, बैंकले आगामी दिनमा समेत सरोकारवालासँग समन्वय तथा सहकार्य गर्दै यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलवार १७:३०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।