Logo

अर्थ

जेठमा घर जग्गा कारोबारबाट सवा पाँच अर्ब राजस्व संकलन



काठमाडौं। देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब २४ करोड ४२ लाख राजस्व संकलन गरेका छन्।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १३८ भूमि प्रशासन कार्यालयले सेवाकरबाट २८ करोड ६६ लाख ३२ हजार ५६० संकलन गरेको छ।

यस्तै, रजिष्ट्रेसन दस्तुरबाट दुई अर्ब ७८ करोड ५१ लाख, पुँजीगत लाभकरबाट दुई अर्ब १२ करोड ३१ लाख संकलन गरेको छ।’

विभागका अनुसार भूमि प्रशासन कार्यालय डिल्लीबजारले ३४ करोड, टोखाले १० करोड ९९ लाख, चाबहिलले ३१ करोड ४२ लाख बराबरको राजस्व संकलन गरेको छ।

विभागका अनुसार गत वैशाख महिनामा देशभरका मालपोत कार्यालयहरूले कुल ६ अर्ब २६ करोड ३८ लाख बराबरको राजस्व संकलन गरेका थिए। यस्तै, गत चैतमा कुल ६ अर्ब १६ करोड ५७ लाख राजस्व संकलन गरेका थिए।

त्यस्तै, गत फागुनमा चार अर्ब १४ करोड ९५ लाख र गत माघमा भने ६ अर्ब बराबरको राजस्व संकलन भएको थियो।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार ०६:५१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।