Logo

प्रमुख समाचार

श्रम संस्कृति पार्टीको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौं । श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल भइरहेको थियो । छलफलका क्रममा मन्त्रीहरूले जवाफ दिइरहेका थिए ।

सो बीचमा श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज राई साम्पाङले मन्त्रीले जवाफ दिइसकेपछि पनि स्पष्टीकरण सोध्ने प्रयास गरेका थिए ।

श्रम संस्कृति पार्टीका सांसदहरूले भने वेल घेराउ गरे । त्यसपछि सभामुख अर्यालले कर्तव्य पालना गर्न सचेत गराए ।

सभामुख अर्यालले पटकपटक आसनग्रहणका लागि अनुरोध गरे । सभामुख अर्यालका अनुसार, बैठक आजै १५ मिनेटका लागि स्थगित गरिएको हो ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार १४:५०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।