काठमाडौं । सेयर बजारमा झिनो वृद्धि भएको छ । नेप्से परिसूचक ०.०८ अंकले बढेर २,७०५ को विन्दुमा कायम भएको छ ।
आज १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ कम्पनीको मूल्य घटेको छ ।
आज ३ अर्ब ६३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको २१ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १८ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । एपोलो हाइड्रोका लगानीकर्ताले पनि १४.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबेभन्दा धेरै एनएमबी डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ८.६४ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया