Logo

समाचार

स्वास्थ्य बीमा ऐन संशोधनको तयारी



काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको बताएकी छन्।

प्रतिनिधिसभामा बोल्दै उनले आधारभूत स्वास्थ्य सेवालाई स्वास्थ्य बीमाबाट अलग गर्ने प्रस्ताव अघि बढाइएको जानकारी दिइन्।

उनले सबै संगठित क्षेत्रलाई अनिवार्य स्वास्थ्य बीमाको दायरामा ल्याउने, सामाजिक स्वास्थ्य सुरक्षा कोषअन्तर्गतको बीमालाई हालको प्रणालीमा समायोजन गर्ने तथा स्वास्थ्य बीमा प्रणालीलाई सुधार गर्ने विषयमा छलफल भइरहेको बताइन्।

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तयार गरिएको उनको भनाइ छ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार १९:२९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।