Logo

अर्थ

प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित



काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।

बिहीबार १३ वटा मन्त्रालय तथा निकायको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न भएपछि विधेयक निर्णयार्थ प्रस्तुत गरिएको थियो।

मतदानका क्रममा सांसदहरूले विभिन्न मन्त्रालयको बजेट घटाउन दर्ता गराएका खर्च कटौती प्रस्तावहरू अस्वीकृत भएसँगै विनियोजन विधेयक बहुमतले पारित भएको हो।

विधेयक पारित भएसँगै सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजित २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट खर्च गर्ने कानुनी आधार प्राप्त गरेको छ।

यद्यपि, विधेयक अब राष्ट्रियसभाबाट छलफल तथा पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ।

यसैबीच, बजेटसँग सम्बन्धित आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथिको छलफल तथा पारित प्रक्रिया भने अझै बाँकी रहेको छ। यी विधेयकहरू पारित भएपछि आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको सम्पूर्ण कानुनी प्रक्रिया पूरा हुनेछ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार २०:१०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।