Logo

समाचार

आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने



काठमाडौं । आज (जुन २१) यस वर्षको सबैभन्दा लामो दिन परेको छ ।

पृथ्वीको उत्तरी गोलाद्र्धमा सूर्यको प्रकाश सबैभन्दा बढी समय पर्ने भएकाले आज दिनको वर्षभरकै सबैभन्दा लामो हुने गर्दछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान ५ः०९ बजे सूर्योदय भएको छ भने साँझ ७ः०३ बजे सूर्यास्त हुनेछ । यसअनुसार आज दिनको अवधि करिब १३ घण्टा ४५ मिनेट रहनेछ ।

आज पछि दिन क्रमशः दिन छोटो र रात लामो हुँदै जानेछ ।

 

प्रकाशित मिति : ७ असार २०८३, आईतवार १०:५५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।