काठमाडौं । नेपाल एसबिआई बैंकले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा २१ जुन २०२६ मा सातै प्रदेशमा योग कार्यक्रमहरुको आयोजना गरी सो दिवस मनाएको छ ।
बैंकका सबै प्रदेशका कर्मचारीहरूले उत्साहपूर्वक योग मार्फत स्वास्थ्य अभिवृद्घि सम्बन्धि गतिविधिहरूमा सहभागिता जनाएका थिए । उक्त कार्यक्रमको मुख्य उद्देश्य शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य तथा दैनिक जीवनमा योगको महत्वबारे सचेतना अभिवृद्घि गर्नु रहेको छ ।
कार्यक्रमले कर्मचारीहरूलाई क्रियाशील, आपसी सहकार्य र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने अवसर प्रदान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारी, लगायत अन्य वरिष्ठ पदाधिकारीहरू तथा १५० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो ।

बैंकले यस किसिम को पहलबाट कर्मचारीहरुको मानसिक स्वास्थ्य, शारीरिक तन्दुरुस्ती तथा उत्पादकत्व बढाउन प्रोत्साहन गर्नुका साथै यसले सकारात्मक र जीवन्त कार्यस्थल संस्कृतिमा योगदान पु¥याउने बिश्वास लिएको छ ।
नेपाल एसबिआई बैंकले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।




















प्रतिक्रिया