काठमाडाैं । हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको छ।
कोशी प्रदेश सहित देशका हिमाली र पहाडी साधारणतया बादल लागेको छ । मधेश र बागमतीको तराईमा आंशिक बादल र लुम्बिनी र कर्णाली प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी, बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश, बागमती, गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।
कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाहिमपातको सम्भावना छ।
कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेश प्रदेशको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ ।
मधेश प्रदेश र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल तथा बागमती, गण्डकी, लुम्बिनी,र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
मधेश प्रदेशमा र कोशी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।




















प्रतिक्रिया