Logo

खेलकुद

स्पेन र साउदी अरेबियाबीचका खेलमा प्राविधिक समस्या भएपछि डिगाेले माग्यो क्षमा, सेवा पुनः सञ्चालनमा



काठमाडौं । डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीगोले फिफा विश्वकप २०२६ को अन्तर्गत स्पेन र साउदी अरेबियाबीचको खेल प्रसारणका क्रममा आएको प्राविधिक समस्याका कारण केही समय सेवा अवरुद्ध भएपछि प्रयोगकर्तासँग सार्वजनिक रूपमा क्षमायाचना गरेको छ।

डीगोले जारी गरेको सूचनामा उक्त समस्याका कारण केही प्रयोगकर्ताले खेल प्रत्यक्ष रूपमा हेर्न नसकेको स्वीकार गर्दै यसबाट दर्शकमा परेको निराशा र असुविधाप्रति गहिरो दुःख व्यक्त गरेको छ। कम्पनीले खेलका महत्वपूर्ण क्षणहरू छुट्नु सामान्य प्राविधिक समस्या मात्र नभई प्रयोगकर्ताको अपेक्षा र विश्वाससँग जोडिएको विषय भएको उल्लेख गरेको छ।

कम्पनीका अनुसार हाल प्राविधिक समस्या समाधान भइसकेको छ र डीगोको वेबसाइट तथा मोबाइल एपमार्फत सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको छ।

डीगोले आफ्ना प्रयोगकर्ताको विश्वास, समय र लगानीलाई अत्यन्त मूल्यवान् मान्ने बताउँदै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन प्राविधिक टोलीले प्रणालीको विस्तृत समीक्षा तथा सुधार कार्य गरिरहेको जनाएको छ।

सूचनामा प्रयोगकर्ताले देखाएको धैर्य र समझदारीप्रति धन्यवाद व्यक्त गर्दै कम्पनीले आगामी दिनमा सेवा थप भरपर्दो बनाउने प्रतिबद्धता जनाएको छ। डीगोले पुनः एकपटक सम्पूर्ण जिम्मेवारीका साथ प्रयोगकर्तासँग क्षमा मागेको छ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार ११:०३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।