काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक २६.१६ अंकले घटेर २,६७४ को विन्दुमा कायम भएको छ ।
आज २२ कम्पनीको सेयर मूल्य बढेको छ भने २३९ कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब ३६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । यस कम्पनीको ३४ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै टक्सार पिखुवाखोला र याम्बालिङ हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै बुङगल हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया