काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको छ।
उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि पार्टीले अपनाउने रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो।
एमालेले पौडेलको पक्राउलाई प्रतिशोधपूर्ण र गैरकानुनी भएको दाबी गरेको छ।
सोमबार सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई विशेष अदालतले मंगलबार सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।




















प्रतिक्रिया