चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ। केन्द्रीय निर्वाचन आयोगले आज संशोधित तालिका सार्वजनिक गरेको हो।
तालिका अनुसार महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ। आयोगका प्रमुख भुवन केसीका अनुसार आज साँझ ५ बजे महाधिवेशन प्रतिनिधिहरूको नाम सार्वजनिक गरिएको थियो।
आजै साँझ ७ बजे देखि ७ः३० बजेसम्म पार्टी सभापतिको उम्मेद्वारका लागि फारम वितरण गर्ने कार्यतालिका थियो। पार्टी केन्द्रीय सदस्यका लागि ७ः३० बजे देखि ९ः३० बजेसम्म फारम वितरण र दर्ता गरिने छ। उनका अनुसार उम्मेद्वारको प्रारम्भिक नामावली राति १०ः०० बजे प्रकाशन गरिने छ।
उम्मेद्वारविरुद्ध दाबी विरोध गर्न राति १०ः३० बजे सम्मको समय दिइएको छ। यसपछि जाँचबुझ राति ११ः०० बजेसम्म गरिने छ। राति ११ः१५ बजे उम्मेद्वारले निर्वाचन आयोगको सचिवालयमार्फत उम्मेद्वारी फिर्ता लिन सक्ने छन्। अन्तिम नामावली ११ः४५ बजे प्रकाशन गरिने उनले जानकारी दिए।
बुधबार बिहान पहिलो चरणको मतदान हुने केसीले बताए। मतदान सकिएको दुई घण्टापछि मत गणनाको गरी परिणाम घोषणा गरिने आयोगले जनाएको छ।
पहिलो चरणको मत परिणाम घोषणा भएसँगै दोस्रो चरणको उम्मेद्वारी तथा अन्य थप कार्यतालिका प्रकाशन गरिने छ।





















प्रतिक्रिया