काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यसअघिका सरकारले आफ्नो पार्टीलाई सिध्याउन राज्यलाई दुरुपयोग गरेको बताएका छन्।
उनले पार्टीको पहिलो महाधिवेशनको बन्द सत्रमा पेस गरेको प्रतिवेदनमा २०८१ साउनमा नेकपा एमाले र नेपाली कांग्रेसको सरकार बनेसँगै रास्वपा र उनीमाथि नांगो राजनीतिक प्रतिशोध साँधेको उल्ल्ेख गरेका हुन्।
प्रतिवेदनमा भनिएको छ, ‘२०८१ साउनमा नेकपा (एमाले) र नेपाली कांग्रेसको सरकार बनेसँगै रास्वपा र ममाथि नांगो राजनीतिक प्रतिशोध सुरु भयो र त्यसका लागि संस्थागत संयन्त्रहरू प्रयोग भए।’
संसदीय छानबिन विशेष समितिको निष्कर्षविपरीत सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता अनुचित आरोपहरू लगाइएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।





















प्रतिक्रिया