Logo

खेलकुद

ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश



काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत बिहीबार बिहान भएका खेलमा ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश गरेका छन्।

समूह ‘सी’मा ब्राजिलले स्कटल्यान्डलाई ३–० गोलले पराजित गर्दै ७ अंकसहित समूह विजेता बन्यो। ब्राजिलका भिनिसियस जुनियरले दुई तथा मथेउस कुन्हाले एक गोल गरे।

यस्तै, मोरक्कोले हाइटीलाई ४–२ गोलले हराउँदै ७ अंक नै जोड्यो। समान अंक भए पनि आपसी भेटको आधारमा मोरक्को समूह उपविजेता बन्यो।

हाइटी यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ भने स्कटल्यान्डको अर्को चरण पुग्ने सम्भावना भने अझै बाँकी छ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार ०७:१७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।