काठमाडौं । सेयर बजारमा घटेको छ । आज नेप्से परिसूचक ८.५० अंकले घटेर २,६५१ को विन्दुमा कायम भएको छ ।
आज ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १७६ कम्पनीको मूल्य घटेको छ ।
आज २ अर्ब ८३ करोड माथिको सेयर कारोबार भएको छ ।आज सबैभनदा धेरै सोपान फर्मास्युटिकल्को सेयर कारोबार भएको छ । यस कम्पनीको १२ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १२ करोड ८ लाख रुपैयाँ सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै टक्सार पिखुवाखोला र याम्बालिङ हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै भुजुङ हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ११.०३ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया