Logo

प्रमुख समाचार

रास्वपा पदाधिकारी निर्वाचनका लागि प्रारम्भिक नामावली सार्वजनिक, महामन्त्रीमा १० जनाबीच प्रतिस्पर्धा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनको प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक भएको छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले उपसभापति, महामन्त्री र सह-महामन्त्री पदका विभिन्न क्लस्टरमा परेको उम्मेदवारीको प्रारम्भिक सूची सार्वजनिक गरेको हो । निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाका अनुसार दाबी–विरोध तथा आवश्यक छानबिन प्रक्रिया पूरा गरेपछि अन्तिम उम्मेदवार सूची प्रकाशन गरी मतदान गराइनेछ ।

महिला उपसभापति पदका लागि सोबिता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि उम्मेदवारी दर्ता गराएकी समीक्षा बास्कोटाले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।

महामन्त्री पदमा सबैभन्दा बढी प्रतिस्पर्धा देखिएको छ। एक पदका लागि कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, जगदीश खरेल, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यसहित १० जनाले उम्मेदवारी दिएका छन् ।

खुला सह-महामन्त्रीका दुई पदका लागि रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरू, हरि ढकाल र हिमेष पन्तसहित ११ जना प्रतिस्पर्धामा छन् ।

महिला सह-महामन्त्री पदका लागि जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माबीच प्रतिस्पर्धा हुनेछ ।

रास्वपाको पुरुष उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन् ।

 

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार ११:१९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।