Logo

अर्थ

सेयर बजारमा सामान्य गिरावट, ३ अर्ब ९४ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक २ अंकले घटेर २,६४९ को विन्दुमा कायम भएको छ ।

आज ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको मूल्य घटेको छ ।

आज ३ अर्ब ९४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६ ८७ को इकाई कारोबार भएको छ । यसको ३३ करोड १६ लाख रुपैयाँको इकाई कारोबार भएको हो । ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४ ८५ को २८ करोड ५७ लाख रुपैयाँको इकाई कारोबार भएको छ । नेपाल बैंक डिबेञ्चरको २२ करोड ३४ लाख रुपैयाँको इकाई कारोबार भएको छ ।

आज सबैभन्दा धेरै स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस संस्थाका लगानीकर्ताले १०.७६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार १५:१७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।