काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
शुक्रबार २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार ४ हजार १८० रुपैयाँमा कारोवार भएको चाँदी आज १४५ रुपैयाँले बढेर ४ हजार ३२५ रुपैयाँमा कारोवार भैइरहेको छ ।




















प्रतिक्रिया