म्याग्दी। २३औँ राष्ट्रिय धान दिवस २०८३ को अवसरमा आज म्याग्दीका उत्कृष्ट चार जना कृषकहरूलाई पुरस्कृत गरिएको छ।
कृषि विकास कार्यालय, म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा रघुगङ्गा गाउँपालिका २ का नौबहादुर केसी, बेनी नगरपालिका ३ भकिम्लीका लालबहादुर पुन, बेनपा १ रत्नेचौरका उमादेवी उपाध्याय र बेनपा ४ सुर्केमेलाका डिलबहादुर खत्रीलाई पुरस्कृत गरिएको हो।
सीरबारी कृषि फर्मका सञ्चालक केसीले केरा र मैरीपालन तथा सचिन्द्र कृषि तथा पशुपंक्षी फार्मका पुनले किवी र खुर्सानी खेती गरेका छन्।
कृष्ण पशुपंक्षी फार्मका उपाध्यायले भैँसीपालन र केसी बहुउद्देश्यीय कृषि फर्मका डिलबहादुर खत्रीले मौरीपालनका साथै सुन्तला खेती गरेका हुन्।
व्यावसायिक कृषि पेसामा आबद्ध चार जना कृषकलाई प्रोत्साहनका लागि नगद १०/१० हजारसहित पुरस्कृत र सम्मान गरेको कृषि विकास कार्यालय, म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले जानकारी दिए।
कार्यालय प्रमुख बाँस्तोला, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विक्रम बस्याल र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रतिनिधि सुवास रेग्मीले पुरस्कार वितरण गरेका थिए।





















प्रतिक्रिया