काठमाडौं । चारपटकको विश्वविजेता जर्मनी पराग्वेसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै विश्वकप फुटबलको अन्तिम १६ पुग्न असफल भएको छ
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
खेलको ४२औं मिनेटमा जुलियो एन्सिन्सोले हेडमार्फत गोल गर्दै पराग्वेलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफमा फ्लोरियान विट्र्जको पासमा काइ हाभट्र्जले हेडमार्फत गोल गर्दै जर्मनीलाई बराबरीमा फर्काएका थिए।
अतिरिक्त समयमा जोनाथन टाहले गरेको गोल भने गोलकिपरमाथि फाउल भएको भन्दै रेफ्रीले रद्द गरेका थिए।
पेनाल्टी सुटआउटमा जर्मनीका काइ हाभट्र्ज र निक भोल्टेमाडेको प्रहार पराग्वेका गोलकिपर ओर्लान्डो गिलले रोकेका थिए।
जर्मनीका कप्तान म्यानुएल नोयरले पनि एक प्रहार बचाए पनि जोनाथन टाहको प्रहार पोस्टमाथिबाट बाहिरिएपछि जोसे क्यानालेले निर्णायक पेनाल्टी गोल गर्दै पराग्वेलाई अन्तिम १६ मा पुर्याए।
अब पराग्वेले अन्तिम १६ मा फ्रान्स वा स्वीडेनमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।





















प्रतिक्रिया