Logo

अर्थ

सेयर बजारमा २४ अंकको गिरावट, ३ अर्ब २५ करोडमाथिको कारोबार



काठमाडौं । आज पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २४.६३ अंकले घटेर २,६०८ को विन्दुमा कायम भएको छ ।

आज ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २३५ कम्पनीको मूल्य घटेको छ ।

आज ३ अर्ब २५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिद्धार्थ बैंकको सेयर कारोबार भएको छ । यस बैंकको १३ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । टक्सार पिखुवाखोलाको ११ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै टक्सार पिखुवा खोलाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.०३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलवार १५:२०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।