Logo

अर्थ

अब कम्पनी दर्तासँगै अनलाइनबाटै प्यान डाउनलोड गर्न सकिने



काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयमा नयाँ कम्पनी दर्ता गर्ने सेवाग्राहीले अब कम्पनीको स्थायी लेखा नम्बर (प्यान) र प्यान प्रमाणपत्र सीधै अनलाइनबाट डाउनलोड गर्न सक्ने भएका छन्।

कार्यालयले मंगलबार सूचना जारी गर्दै नयाँ व्यवस्था लागू भएको जानकारी दिएको हो ।

कार्यालयका अनुसार कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागबीच सूचना प्रणालीको अन्तरआबद्धता गर्ने विषयमा २०८३ वैशाख ३१ गते समझदारी भएको थियो ।

सोही समझदारीअनुसार विकास गरिएको प्रणाली कम्पनी रजिष्ट्रारको कार्यालयको ‘सीएएमआइएस’ प्रणालीमा २०८३ असार १५ गतेदेखि सञ्चालनमा आएको छ ।

यो विद्युतीय प्रणाली लागू भएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूले आफ्नो प्यान नम्बर र प्यान प्रमाणपत्र ‘सीएएमआइएस’ प्रणालीमार्फत सीधै डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन् ।

यसअघि कम्पनी दर्ता भएपछि प्यान नम्बर प्राप्त गर्न आन्तरिक राजस्व कार्यालयमा जानुपर्ने वा थप प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था थियो ।

 

प्रकाशित मिति : १६ असार २०८३, मंगलवार १८:४२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।