Logo

प्रमुख समाचार

स्थानीय गुनासा जिल्लामै समाधान गर्न गृह मन्त्रालयको निर्देशन



काठमाडौं । गृह मन्त्रालयले स्थानीय तहका गुनासा र समस्यालाई केन्द्र वा मन्त्रालयसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

मन्त्रालयले जारी गरेको निर्देशनमा स्थानीयस्तरका गुनासा तथा समस्याहरू प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयबाटै समाधान गर्न भनिएको छ।

साना–तिना विषयमा समेत सेवाग्राहीले केन्द्र वा मन्त्रालय धाउनुपर्ने अवस्थालाई पूर्ण रूपमा अन्त्य गर्न मन्त्रालयले जोड दिएको छ।

निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादनलाई मन्त्रालयले प्रत्यक्ष रूपमा अनुगमन गर्नेछ।

कार्यसम्पादनमा कुनै प्रकारको अक्षमता वा उदासीनता देखाउन नहुने मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले स्थानीय प्रशासनको प्रभावकारिता बढाउँदै नागरिकको विश्वास कायम राख्न, नागरिककेन्द्रित शासन प्रणालीलाई बलियो बनाउन तथा बजारमा विधिको शासन कायम गर्न जिल्ला प्रशासन कार्यालयलाई व्यावसायिक रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ।

गृह मन्त्रालयले उक्त निर्देशनको अक्षरशः पालना गरी प्रभावकारी कार्यान्वयन गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ।

 

प्रकाशित मिति : १६ असार २०८३, मंगलवार २१:४२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।