Logo

खेलकुद

फ्रान्स र नर्वे अन्तिम १६ मा, एम्बाप्पे र हल्याण्ड चम्किए



काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ। अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रंगशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित गर्‍यो ।

फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे। अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ।

यस्तै फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत गए राति भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको छ। अमेरिकाको डलास रंगशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्‍यो ।

नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गरे। खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका लागि अमाद डियाल्लोले गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यसपछि खेलको ८६औँ मिनेटमा एर्लिङ हल्याण्डले गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाए। अब अन्तिम १६ मा नर्वेले ब्राजिलको सामना गर्नेछ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार ०७:३०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।