मेक्सिको सिटी । फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिको र इक्वेडरबीचको अन्तिम ३२ चरणको खेल खराब मौसमका कारण निर्धारित समयमा सुरु हुन सकेन।
मेक्सिको सिटी स्टेडियममा नेपाली समयअनुसार बिहान ६:४५ बजे सुरु हुने तालिका रहेको खेल आँधीबेहरीका कारण प्रभावित भएको हो। प्रतिकूल मौसमका कारण खेलअघि हुने वार्मअपसमेत स्थगित गरिएको थियो।
फिफाले खेल निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु हुने जनाएको छ।
यस्तै, खेलका क्रममा कुनै पनि हाइड्रेशन ब्रेक नराखिने निर्णयसमेत फिफाले सार्वजनिक गरेको छ।





















प्रतिक्रिया