Logo

अर्थ

कालंगा र सानिगाड हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, भोलिबाट कारोबारमा आउने



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । कालंगा हाइड्रो र सानिगाड हाइड्रोपावरको आईपीओ आज सूचीकृत भएको हो ।

कालंगा हाइड्रोपावरको कुल १ करोड ४० लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा सर्वसाधारणलाई वितरण गरिएको ४९ लाख कित्ता सेयर र संस्थापक सेयरधनीहरुले लगानी गरेको ९१ लाख कित्ता सेयर रहेको छ ।

त्यस्तै, सानिगाड हाइड्रोपावरको २ करोड ८५ लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा सर्वसाधारणले लगानी गरेको ८५ लाख ५० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको १ करोड ९९ लाख ५० हजार कित्ता सेयर रहेको छ ।

यी दुवै कम्पनीको सेयर भोलिदेखि नै कारोबारमा आउनेछ ।

नेप्सेले कालंगा हाइड्रोपावरको सेयरलाई पहिलो कारोबारको लागि ९८.५६ रुपैयाँदेखि अधिकतम २९५.६८ रुपैयाँ ओपनिङ रेञ्ज प्रदान गरेको छ भने सानिगाड हाइड्रोको आईपीओलाई १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार १४:४४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।