Logo

अर्थ

सेयर बजारमा भारी अंकको वृद्धि, ३ अर्ब ८९ करोडकाे कारोबार



काठमाडौं । लगातार गिरावट भएको सेयर बजार आज भारी अंकले बढेको छ । नेप्से परिसूचक ४४.५९ अंकले बढेर २,६५२ को विन्दुमा कायम भएको छ ।

आज २५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको मूल्य घटेको छ ।

आज ३ अर्ब ८६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको सेयर कारोबार भएको छ । यस कम्पनीको २८ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १७ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ५.२१ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार १५:१७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।