काठमाडाैं । १८ वर्ष भन्दा मुनिका बालबालिकालाई सदस्यता दिएकोबारे राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पत्राचार गरेको छ ।
विभिन्न ठाँउबाट आयोगलाई त्यसबारेमा जानकारी आएको भन्दै आयोगले गत सोमबार जानकारी पेस गर्न रास्वपाको केन्द्रिय कार्यालयमा पत्राचार गरेको हो ।
१८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई दलको सदस्यता दिएको भन्नेबारे सूचना र सञ्चारमाध्यमबाट सार्वजनिक भएसँगै आयोगले त्यसबारे जानकारी माग गरेको हो ।






















प्रतिक्रिया