Logo

प्रमुख समाचार

प्रतिनिधि सभाको बैठक बस्दै, चार महत्त्वपूर्ण विधेयक पारित गर्ने तयारी



काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।

बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन) विधेयक, सहकारी (पहिलो संशोधन) विधेयक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८३ माथि दफावार छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकको प्रारम्भमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ।

त्यसपछि सम्बन्धित मन्त्रीहरूले विधेयकहरू छलफल र निर्णयार्थ प्रस्तुत गर्दै पारितका लागि प्रस्ताव गर्नेछन्।

संसद् सचिवालयका अनुसार आजको बैठकमा वित्तीय अनुशासन, सार्वजनिक खरिद प्रक्रिया, सहकारी क्षेत्रको नियमन तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित कानुनी व्यवस्था परिमार्जन गर्ने उद्देश्यले ल्याइएका विधेयकमाथि सांसदहरूले धारणा राख्नेछन्।

 

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार ०७:५५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।