Logo

अर्थ

हवाई भाडा घट्यो, कुन रुटमा कति?



काठमाडाैं । हवाई इन्धनको मूल्य घटेपछि नेपालमा चल्ने आन्तरिक हवाई उडानको फ्युल सरचार्ज (इन्धन शुल्क) घटाइएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै आन्तरिक वायुसेवा कम्पनीलाई नयाँ दरअनुसार इन्धन शुल्क लिन निर्देशन दिएको छ ।

निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ घटाएपछि प्राधिकरणले पनि यात्रुबाट उठाउने इन्धन शुल्क घटाएको हो  । इन्धनको मूल्य करिब १५ प्रतिशत घटेको प्राधिकरणले जनाएको छ ।

यसअघि हवाई इन्धनको मूल्य प्रतिलिटर २६९ रुपैयाँ थियो । अब घटेर २ सय २९ रुपैयाँ कायम भएको छ ।

काठमाडौं-धनगढी रुटमा यसअघि ११ हजार ८८५ रुपैयाँ रहेको फ्यूल सरचार्ज अब १० हजार १२० रुपैयाँमा झरेको छ । काठमाडौं–सुर्खेत रुटमा ९ हजार २९५ रुपैयाँ रहेको इन्धनको भाडा अब ७ हजार ९१५ रुपैयाँमा झरेको छ ।

काठमाडौं–माउन्टेन फ्लाइटमा रहेको ९ हजार २३५ फ्यूल सरचार्ज अब ७ हजार ८६० रुपैयाँमा झरेको प्राधिकरणले झरेको छ ।

 

 

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार १२:२९   :  बजे

678
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।