Logo

राजनीति

मधेशका नेता दीपकजंग ठाकुरलाई हर्कले गरे निलम्बन



काठमाडौं । श्रम संस्कृति पार्टीले पार्टीका एक नेतालाई निलम्बन गरेको छ । पार्टी सिद्धान्त, नीतिविपरीत चलेको आरोपमा मधेश प्रदेश इञ्चार्ज रहेका दीपकजङ्ग ठाकुरलाई आजैको मितिदेखि निलम्बन गरिएको अध्यक्ष हर्क साम्पाङले बताएका छन् ।

नेता ठाकुरमा पार्टी सिद्धान्त, नीति विपरीत अनेकन सामाजिक समस्या रहिआएको उनको भनाइ छ ।

आजकै मितिदेखि निलम्बन गरिएको भन्दै अर्को जानकारी नआउन्जेल पार्टी सम्बन्धित कुनै क्रियाकलाप नगर्न हर्कले निर्देशन दिएका छन् । ‘अनेकन सामाजिक समस्याहरू रही आएकोले मधेश प्रदेशका दिपकजंग ठाकुरलाई आजैको मितिदेखि निलम्बन गरिएको जानकारी गराउँदछु । अर्को जानकारी नआउन्जेल निजसँग पार्टी सम्बन्धित कुनै क्रियाकलाप नगर्नु नगराउनु होला,’ साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन् ।

पार्टीले निलम्बन गरेपछि ठाकुरले सामाजिक सञ्जालमार्फत नै अध्यक्ष साम्पाङको निर्णयको विरोध गरेका छन् । ‘तपाईंको पार्टी लोकतान्त्रीक निति नियममा नचल्ने रहेछ । त्यही भएर वैशाख १० र ११ गतेको निर्णय बमोजिम जेठ ६ गते मधेश प्रदेश गठन भएन,’ ठाकुरले भनेका छन्, ‘तपाईंले नै भनेको एक व्यक्ति एक पद तर तपाईंले नै एक व्यक्ति २ पदको निर्णय लिनु दु:खद हो ।’

 

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार १३:२५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।