Logo

प्रमुख समाचार

विष्णु पौडेललाई गैरकानुनी हिरासतमा राखिएको भन्दै दायर रिट खारेज



काठमाडौं । सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी हिरासतमा राखिएको भन्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पौडेल पत्नी दोमायाको रिट खारेजीको फैसला गरेको छ ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानको सिलसिलामा पौडेल सुर्खेतबाट गत असार ८ मा पक्राउ परेका थिए । विशेष अदालतले आज तेस्रो पटक पौडेलको ६ दिन म्याद थप गरेको छ ।

आफ्ना पति पौडेललाई प्रतिशोध साँधेर गैरकानुनी थुनामा राखेको भन्दै पत्नीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार १९:१२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।