Logo

खेलकुद

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड अन्तिम १६ मा



काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा अल्जेरियालाई २-० ले पराजित गर्दै स्विट्जरल्यान्ड को अन्तिम १६ मा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा अल्जेरियालाई २–० गोलले हराउँदै स्विट्जरल्यान्डले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो ।

स्विट्जरल्यान्डको जितमा ब्रिल इम्बोलो र डान एन्डोयले एक–एक गोल गरे ।

खेलको १० औं मिनेटमा नै इम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुआती अग्रता दिलाए । ४६ औं मिनेटमा एन्डोयले गोल थप्दै टोलीको अग्रता दोब्बर पारे ।

स्विट्जरल्यान्डले अब अन्तिम १६ मा कोलम्बिया र घानाबीचको विजेतासँग खेल्नेछ। पराजित अल्जेरिया भने राउन्ड अफ ३२ बाटै बाहिरिएको छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार १०:५८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।