काठमाडौं । आज पनि सुनचाँदीको मूल्य बढेको छ ।आज सुन तोलामा ७ हजार २०० र चाँदी १६५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ७०० कायम भएको छ । हिजो बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० कायम भएको थियो ।
चाँदीको आज प्रतितोला ४ हजार ६१५ रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया