काठमाडौं । प्राविधिक समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
१७ मिनेटसम्म बैठक चलेपछि सभाको प्रत्यक्ष प्रसारणमा अडियो नआएपछि बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।
प्राविधिक समस्या समाधान भए लगत्तै बैठक सुरु हुने जनाइएको छ । आजको बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले प्रतिनिधिसभाबाट पारित भएर गएका अध्यादेश प्रतिस्थापन विधेयक सहितका विधेयकहरू बारेको सन्देश टेबुल गर्ने, विनियोजन विधेयकमाथिको छलफल गर्ने विषय कार्यसूचीमा छन् ।




















प्रतिक्रिया