Logo

कर्पोरेट फोकस

नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष छनोट प्रक्रिया अघि बढ्यो, ९ उम्मेदवारलाई कार्ययोजना प्रस्तुतीकरणका लागि बोलाइयो



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा मनोनयनका लागि सर्टलिस्टमा परेका ९ जना उम्मेदवारलाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको छ।

सूचना तथा सञ्चार मन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै सर्टलिस्टमा परेका उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता असार २४ गते (बुधबार) मन्त्रालयमै सञ्चालन हुने जनाएको हो।

मन्त्रालयका अनुसार उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको समयतालिका यसप्रकार छ–

अर्जुन घिमिरे – बिहान ८:३० देखि ९:०० बजे
अनन्त मान सिंह – बिहान ९:०५ देखि ९:३५ बजे
अमित कुमार झा – दिउँसो १:०० देखि १:३० बजे
अमेलेन्द्र नारायण सिंह – दिउँसो १:३५ देखि २:०५ बजे
जनार्दन भट्ट – दिउँसो २:१० देखि २:४० बजे
मधुसुदन दाहाल – दिउँसो २:४५ देखि ३:१५ बजे
राजीव सुव्बा – दिउँसो ३:२० देखि ३:५० बजे
सनाउल्लाह खान – दिउँसो ४:०० देखि ४:३० बजे
सुरेश प्रसाद साह – दिउँसो ४:३५ देखि ५:०५ बजे

मन्त्रालयले प्रत्येक उम्मेदवारले आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणका लागि ३० मिनेट समय पाउने जनाएको छ। प्रस्तुतीकरणका क्रममा उम्मेदवारले आवेदनसँग पेश गरेका सबै कागजातको सक्कल प्रति साथमा ल्याउनुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, रोजगारसम्बन्धी अनुभव पेश गरेका उम्मेदवारले सम्बन्धित रोजगारदाता निकायबाट जारी गरिएको अनुभवको सक्कल प्रमाणपत्र पनि अनिवार्य रूपमा पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रस्तुतीकरण तथा अन्तर्वार्ताको दिन सार्वजनिक बिदा परे पनि कार्यक्रम तोकिएकै मिति र समयमा सञ्चालन हुनेछ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार ११:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।