काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले शिखर इन्स्योरेन्ससँगको सहकार्यमा ‘सहारा हेल्थ इन्स्योरेन्स’मार्फत स्वास्थ्य बीमा सेवामा नागरिकको पहुँच विस्तार गरिरहेको छ ।
सर्वसाधारणलाई सुलभ, भरपर्दो र झन्झटमुक्त स्वास्थ्य सुरक्षा प्रदान गर्ने उद्देश्यले ल्याइएको यस योजनामा वार्षिक मात्र रु १३ सय ९९ प्रिमियम तिरेर रु ६ लाखसम्मको बीमा कभरेज प्राप्त गर्न सकिन्छ ।
ग्राहकले आफ्नो आवश्यकताअनुसार रु १ लाख, २ लाख वा ५ लाखको स्वास्थ्य बीमासँगै रु १ लाखसम्मको दुर्घटना बीमा (कुल ६ लाखसम्म) प्राप्त गर्न सक्नेछन् ।
इसेवा एपको ‘इन्सुरेन्स’ सेक्सनबाट कुनै पनि कागजी प्रक्रिया वा बीमा कम्पनी धाउनु नपर्ने गरी केही मिनेटमै बीमा खरिद र नवीकरण गर्न सकिन्छ ।
२४ घण्टाभन्दा बढीको अस्पताल भर्ना, १५० भन्दा बढी डे-केयर सेवा र २५ भन्दा बढी अस्पतालमा नगदरहित उपचारको व्यवस्था छ । ५ देखि ६५ वर्ष उमेर समूहका नागरिकले यो सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।
गत भदौदेखि सुरु भएको यस योजनाबाट हालसम्म १० हजारभन्दा बढी ग्राहक लाभान्वित भइसकेका छन् । डिजिटल माध्यमबाट बीमा सेवालाई सहज बनाउँदै नेपाली नागरिकको स्वास्थ्य तथा वित्तीय सुरक्षालाई सुदृढ बनाउन इसेवा प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।




















प्रतिक्रिया