काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले मिडियाका गेटमा अवरोध पुग्नेगरी पार्किङ गरिएका गाडीहरूको विषयमा छानबिन र कारबाही हुनुपर्ने बताएका छन्।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यो घटनाबारे पार्टीले आफ्नो धारणा विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको र उक्त कुरामा अहिले पनि अडिग रहेको बताए ।
‘पार्टीले भनिसक्यो, विज्ञप्ति निकाल्यो । यो गलत हो भनेर हामीले भनेका छौं । छानबिन हुनुपर्छ, कारबाही हुनुपर्छ भन्ने कुरामा हामी अडिग छौं,’ उनले भने ।
तत्कालका लागि ट्राफिक प्रहरीले के गर्यो वा गरेन भन्ने विषय बेग्लै भएको भन्दै पार्टीको स्पष्ट धारणा रहेको सभापति लामिछानेको भनाइ छ ।
यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको स्पष्ट रहेको बताए। उनले थपे, ‘यो स्पष्ट दृष्टिकोणका साथ हामी यसैमा अडिग छौँ। तत्काललाई छोडियो कि, समाइयो कि, के मुद्दा लगाइयो कि, लागेन त्यो बेग्लै कुरा हो। जुन चिज देखियो, त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टीले जुन विज्ञप्ति मार्फत भनेको छ, पार्टी यसमा अडिग छ।’




















प्रतिक्रिया