Logo

प्रमुख समाचार

पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद



काठमाडौं ।  नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने भन्दै ठगी गरिएको बहुचर्चित प्रकरणमा पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सजाय निर्धारण गर्दै ठगी कसुरमा २ वर्ष कैद र १५ हजार रुपैयाँ, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ तथा राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो।

राज्यविरुद्धकै अभियोगमा थप ६ महिना कैदसमेत हुने भए पनि एकीकृत सजायअनुसार पाण्डेलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको अदालतले जनाएको छ।

यसअघि असार २४ गते अदालतले उक्त प्रकरणमा १६ जनालाई दोषी ठहर गरेको थियो भने ७ जनाले सफाइ पाएका थिए। राजनीतिक नेतृत्व, उच्च सरकारी कर्मचारी र बिचौलियाको संलग्नता रहेको यो बहुचर्चित प्रकरणको अन्तिम सजाय निर्धारण मंगलबार गरिएको हो।

प्रकाशित मिति : ३० असार २०८३, मंगलवार २१:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।