काठमाडौं । गोङ्गबुस्थित गेस्ट हाउसमा एक जना युवती मृत अवस्थामा फेला परेकी छन् । गोङ्गबुस्थितमा रहेको एक गेस्ट हाउसको कोठामा ३० वर्षभन्दा मुनिकी निशा सुनार मृत फेला परेकी हुन् ।
उनको शव त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गेस्ट हाउस सञ्चालकले कोठाभित्र गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको र अहिलेसम्म कोही पनि पक्राउ परिनसकेको प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया