Logo

प्रमुख समाचार

संयुक्त हिन्दू मोर्चा र गृहमन्त्रीबीच पुनः वार्ता, ६ माग थप



जनकपुर । संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच पुनः वार्ता भएको छ ।

आइतबार जनकपुरधामस्थित यात्री निवास होटलमा भएको वार्तामा शनिबार (हिजो) सार्वजनिक गरिएको १३ बुँदे मागमा केही संशोधन गरि थप ६ वटा माग थपिएको हो ।

थपिएका मागहरुप्रति गृहमन्त्री सकारात्मक देखिएका छन् भने उनले काठमाडाैं पुगेर मागहरु कार्यान्वयन गर्नेतर्फ आफूले कुनै कसर नछाड्ने प्रतिबद्धता जाहेर गरे । हिजो दुई चरणमा भएको छलफलमा १३ बुँदे मागपत्र गृहमन्त्री गुरुङलाई बुझाइएको थियो । तर कतिपय मागहरु प्रष्ट नभएको र केही मागहरु थप्नुपर्ने भन्दै हिन्दूवादी युवाहरुले विरोध जनाएका थिए । त्यसपछि आज विहान गृहमन्त्री गुरुङले पुनः वार्ता आह्वान गरेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आईतवार १६:१३   :  बजे

231
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।