काठमाडौं काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा प्रहरीले गोली चलाएर कर्मा तामाङलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार शनिबार राति करिब १०:२५ बजे चोरी तथा लुटपाटसम्बन्धी आरोपमा तामाङलाई पक्राउ गर्ने क्रममा घटना भएको हो।
प्रहरीका अनुसार पक्राउका बेला तामाङले साथमा रहेको खुकुरी प्रयोग गरी प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेपछि आत्मरक्षाका लागि तीन राउन्ड गोली चलाइएको थियो। गोली उनको खुट्टामा लागेको प्रहरीले जनाएको छ।
घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार तामाङ यसअघि कैद सजाय भुक्तान गरिरहेका बेला जेनजी आन्दोलनका क्रममा फरार भएका थिए।




















प्रतिक्रिया