Logo

अर्थ

८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्यमा पनि ३५ रुपैयाँको वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज  सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ निर्धारण गरेको छ । आइतबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ४ हजार ३५० रुपैयाँ तोकिएको छ । हिजो आइतबार चाँदी प्रतितोला ४ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार ११:०७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।